दफा ३८
रेडियोधर्मी फोहोरमैला निकासी
(१) नेपालमा उत्पादन भएको कुनै रेडियोधर्मी फोहोरमैला नियमनकारी निकायबाट अनुमति लिई नेपालबाट निकासी गर्न सकिनेछ।
(२) रेडियोधर्मी फोहरमैला निकासी गर्न चाहने व्यक्ति वा संस्थाले देहायको
विवरण खुलाई निकासी गर्ने अनुमतिको लागि नियमनकारी निकायमा निवेदन दिनु पर्नेछः-
(क) रेडियोधर्मी फोहोरमैला पैठारीकर्ता मुलुकमा रेडियोधर्मी फोहरमैला व्यवस्थापन सम्बन्धी प्रशासनिक र प्राविधिक क्षमता भएको एवं एजेन्सीले लागू गरेको मापदण्ड अनुरुप हुने गरी भरपर्दो र सुरक्षित नियमनकारी संरचना भएको,
(ख) रेडियोधर्मी फोहोरमैला पैठारी गर्ने मुलुकलाई त्यस्तो रेडियोधर्मी फोहोरमैला पैठारी हुने कुराको जानकारी गराइएको र सो मुलुकले त्यसका लागि सहमति प्रदान गरेको,
(ग) निकासी मार्गमा पर्ने मुलुकहरुमा सम्बन्धित अन्तर्राष्ट्रिय दायित्व अनुकूल हुने गरी ढुवानी गरिने कुराको सुनिश्चितता गरेको ।
(३) उपदफा (२) बमोजिमको प्रक्रिया पूरा भएको देखिएमा नियमनकारी
निकायले निवेदकलाई रेडियोधर्मी फोहोरमैला निकासी गर्न इजाजतपत्र दिन सक्नेछ।